प्रतिनिधिसभा बैठक स्थगित , अर्को बैठक जेठ १३ मा बस्ने

Machchapuchchre

Artharajniti  ~  प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको जानकारी गराएका थिए । प्रतिपक्षीले बोल्ने समय पाउनुपर्ने अडान राखेपछि सभामुख घिमिरेले आजको बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने जानकारी सभालाई गराए । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि दफावार छलफल कार्यक्रम रहेको थियो । यसका लागि दलगत प्रतिनिधित्व गर्दै बोल्नका लागि नाम टिपाउन सभामुख घिमिरेले यसअघि नै अनुरोध गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्