सहकारी छानबिन प्रकरण : कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

Machchapuchchre Bank

Artharajniti  ~  सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज बस्दैछ । आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन् । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्