संसदमा कांग्रेसको नाराबाजी

Machchapuchchre

Artharajniti  ~  प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरू भएको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि कार्यादेशबारे सहमतिमा दलहरू पुगिसकेका छैनन्। कांग्रेसले छानबिन समितिको कार्यक्षेत्र तयार नभएसम्म सदन चल्न नसक्ने बताउने गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै कांग्रेसका सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका छन्।यसपछि कांग्रेस सांसदहरूले विरोध गरेका थिए। विरोधका बीच सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद प्रस्ताव राख्न समय दिएका छन्। कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्