पछिल्लो २४ घन्टामा कोरोनोरना संक्रमणबाट २७ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको  छ । काठमाडौंका ६ जना, सुनसरीका ५ जना, कास्कीका ४ जना, सप्तरीका ३ जना, मोरङ र बागलुङका २/२ जना, उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङका १/१ जनाको मृत्यु भएको छ  ।

सरकारले तिन दिन भित्रमा माग्यो स्थानीय तहका रिक्त पदाधिकारीको नाम

अर्थ राजनीति ~ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई सोमबार पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले रिक्त रहेको पद, रिक्त […]

धनुषाका सीडीओलाई कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ धनुषाका प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि सीडीओ भट्टराईले शनिबार स्वाब जाच गर्न दिएका थिए । आइतबार उनको  रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए । कोरोना पोजेटिभ देखिएपछि भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीको नेता गजेन्द्रबहादुर लिम्बुको मृत्यु

अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको कोरोना संक्रमणका कारण निधन भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई […]

बलात्कार आरोपी भङ्गाहा नगरपालिका ९ का वडासचिव कारागार चलान

अर्थ राजनीति ~ बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको छ । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए […]

कोरोना परीक्षण नि:शुल्क गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा दियो निवेदन

अर्थ राजनीत ~ कोरोना संक्रमण परीक्षण निशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएका हुन् । मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र […]

थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्छि भएको छ  । यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

सोमबार एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

अर्थ राजनीति ~ एक करोड हुन्डीसहित काठमाडौंमा तीन जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेको प्रहरी केन्द्रिय अनुसन्धान व्युरोले बताएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ‍‍‍२५ जनाको मृत्यु

अर्थ राजनीति ~ [पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको  छ । काठमाडौंका ९ जना, मोरङका ४ जना, चितवनका ३ जना, दाङका २ जना, भक्तपुर, ललितपुर, नवलपरासी पूर्व, धादिङ, सिन्धुली, मकवानपुर र बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बताएको छ ।

सांसद एवम् उद्योगी सूर्यबहादुर केसीको गए राति निधन

अर्थ राजनीति ~ प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति  निधन भएको छ । केसीको पोखरास्थित घरमै निधन भएको पारिवारको सदस्यले जानकारी दिएका छन  । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका […]