कोरोना संक्रमणबाट जनता समाजवादी पार्टीको नेता गजेन्द्रबहादुर लिम्बुको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बुको कोरोना संक्रमणका कारण निधन भएको छ । पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार निधन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्