प्रतिनिधि सभाको बैठक आज

अर्थ राजनीति  ~  आज प्रतिनिधि सभाको बैठक बसेको छ । संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६-७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यक्रम रहेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार […]

एमाले गएर मन्त्री बनेका माओवादी नेताको सांसद पद खोसियो

अर्थ राजनीति  ~  प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ। संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो। साबिक नेकपा विभाजनकै बेला उनले प्रचण्डको साथ छाडेर केपी ओली पक्षमा लागेका थिए। आङ्बुहाङलाई माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नदिएकाले […]

कुमारी बैंकको २०औं वार्षिकोत्सव

अर्थ राजनीति   ~  कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सव विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । वार्षिकोत्सवकै अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रम पनि आयोजना गरेको छ । हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे बैंकले २० वर्षको यात्राका […]

नयाँ बर्षको बिस्केट जात्रामा लिंगो उठाउन र रथ तान्न नपाइने

अर्थ राजनीति  ~  जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथ तान्न रोक लगाएको छ। कोरोना महामारी जारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथमा नियमित पूजा मात्रै गर्न पाउने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीका कारण गएको वर्ष पनि बिस्केट जात्रा रोकिएको थियो। यो वर्षको जात्राका […]

सुनको मूल्य आज सामान्य घट्यो

अर्थ राजनीति  ~  नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार […]

महेश बस्नेतको व्यंग्य : केपी ओलीको अगाडि मेरो केही लागेन, जसपा मानेन, कांग्रेस जागेन

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गरेका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा कवितात्मक शैलीमा प्रस्तुत हुँदै सांसद बस्नेतले बिम्बात्मक रुपमा गत निर्वाचनदेखि हालसम्म माओवादी अध्यक्ष दाहाल लाचार रुपमा प्रस्तुत भएको आरोप लगाएका हुन् । ‘चुनाव अगाडि गठबन्धन बनाएँ, चुनाव जितेपछि एकीकरण गराएँ, सरकार बनाउँदा आधा […]

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरिने

अर्थ राजनीति  ~  आज काठमाडौं उपत्यकामा प्रहरीले मुख्य चोकहरुमा माइकिङ गरेर कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । काठमाडौं उपत्यकाको जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क लगायत १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले कोरोनाबाट जोगिन आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् । प्रहरीको टोलीले […]

विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

अर्थ राजनीति  ~ नेपालमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ । बिहीबार राति हल्का वर्षा भएपछि सफा बनेको काठमाडौंको वायुप्रदूषण फेरि उच्च भएको हो। आईक्यू एयरले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको वायुको गुणस्तर (इन्डेक्स एक्यूआई) ३०८ देखिएको छ। […]

वीरगञ्जका तीन व्यापारिक फर्ममाथि अदालतमा मुद्दा दायर

अर्थ राजनीति  ~  गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ। कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो। मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रा […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग

अर्थ राजनीति  ~  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड बोकेर उनीहरूले बबरमहलस्थित आयल निगम परिसरमा प्रदर्शन गरेका हुन्। निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाएको छ। बढेको […]