नयाँ बर्षको बिस्केट जात्रामा लिंगो उठाउन र रथ तान्न नपाइने

Machchapuchchre

अर्थ राजनीति  ~  जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथ तान्न रोक लगाएको छ। कोरोना महामारी जारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले यो वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथमा नियमित पूजा मात्रै गर्न पाउने निर्णय गरेको हो। कोरोना भाइरसको महामारीका कारण गएको वर्ष पनि बिस्केट जात्रा रोकिएको थियो। यो वर्षको जात्राका लागि अहिले प्यागोडा शैलीको तीन तले भैरवको रथ निर्माणको काम जारी छ  तर यही बेला प्रशासनले लिंगो उठाउन र रथ तान्न नपाउने गरि रोक लगाएको हो । जात्राबारे अन्तिम निर्णयका लागि आज गुठी संस्थानसँग कुराकानी हुने प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय सरोकारवालासँग पनि परामर्श गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ८ दिन ९ रातसम्म चल्ने बिस्केट जात्रा यहि चैत २८ गतेदेखि सुरु हुँदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्