विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

Machchapuchchre

अर्थ राजनीति  ~ नेपालमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ । बिहीबार राति हल्का वर्षा भएपछि सफा बनेको काठमाडौंको वायुप्रदूषण फेरि उच्च भएको हो। आईक्यू एयरले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंको वायुमण्डलको वायुको गुणस्तर (इन्डेक्स एक्यूआई) ३०८ देखिएको छ। एक्यूआईको विवरण अनुसार काठमाडौंपछि सबैभन्दा धेरे वायुप्रदूषण हुने सहर थाइल्याण्डको चिआङ माइ रहेको छ । त्यसपछि भारतको मुम्बई र नयाँदिल्लीको वायु प्रदूषण धेरै छ। गतसाताको सुरूवातदेखि नै खराब रहेको वायुप्रदूषण बुधबारबाट केही घटेको थियो। नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढेको विज्ञहरुले बताएका छन् । विज्ञहरूले यस्तो समयमा सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न सुझाएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्