नाइमा एक्स्पोमा सवारी किन्न बैंकको अफर, ५.२५ प्रतिशत ब्याजदरमै कर्जा

Machchapuchchre Bank
Artharajniti  ~  काठमाडौं। वाणिज्य बैंकहरुले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरेर सस्तो ब्याजदरका स्किम ल्याएका छन्। अटो शो सवारीसाधन बिक्रीको मुख्य थलो भएका कारण बैंकहरुले ग्राहकलाई आकर्षित गर्न सस्तो ब्याजदरका स्किम ल्याएका हुन्। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा मोबिलिटी एक्स्पो मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोलाई लक्षित गरी ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबि बैंकले सस्तो ब्याजदरका स्किम ल्याएका छन्। बैंकहरुले बेसरेटमा न्यून प्रिमियम थप गरी कर्जाका स्किम ल्याएका हुन्। एनएमबि बैंकले रि-कन्डिसन गाडीका लागि समेत कर्जा लगानी गर्नेछ। ग्लोबल आइएमई बैंकले नाइमा अटो शोमा गाडी खरिद गर्न चाहनेलाई ५.२५ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ। बैंकको बेसरेट हाल ४.७५ प्रतिशत छ। बैंकले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी ५.२५ प्रतिशतमै अटो कर्जा दिने भएको हो। यो अफर नाइमा मोबिलिटी एक्स्पोका लागि ल्याएको बैंकले जनाएको छ। एनएमबि बैंकले बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी कर्जाको स्किम ल्याएको छ बैंकको बेसरेट हाल ५.११ प्रतिशत छ। बैंकले नाइमा बेसरेटमा ०.५० प्रतिशत प्रिमियम थप गरी मोबिलिटी एक्स्पोमा सवारीसाधन किन्न चाहनेलाई ५.६१ प्रतिशत ब्याजदरमा कर्जा दिनेछ। बैंकले रि-कन्डिसन गाडीका लागि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने बताएको छ। सिद्धार्थ बैंकले पनि बेसरेटमा १ प्रतिशत प्रिमियम थप गरी अटो कर्जाको स्किम ल्याएको छ। बैंकको बेसरेट हाल ५.०५ प्रतिशत रहेकामा प्रिमियम जोडेर ६.०५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ। नाइमा मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म संचालन हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्