Artharajniti ~ नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
एकैदिन तोलामा ६४ सय रूपैयाँ बढ्यो सुनको भाउ



