मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरिने

Machchapuchchre

अर्थ राजनीति  ~  आज काठमाडौं उपत्यकामा प्रहरीले मुख्य चोकहरुमा माइकिङ गरेर कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ । काठमाडौं उपत्यकाको जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क लगायत १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले कोरोनाबाट जोगिन आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् । प्रहरीको टोलीले कोरानाबाट बच्नको लागी सेनिटाईजर र सामजिक दुरी कायम गर्न माइकिङ गरेर आह्वान गरेको छ । प्रहरीले माइकिङ गरेर मास्क, गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो । पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्