सरकार लकडाउन गर्ने मनस्थितिमा छैन: स्वास्थ्य मन्त्री त्रिपाठी

अर्थ राजनीति  ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्। उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको बताए।लकडाउनले कोभिड नियन्त्रण गर्न […]

आज तीन सयले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। साताको तेस्रो दिन मंगलबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको तोलामा पनि तीन […]

सानिमा बैंकद्वारा विद्यार्थीलाई बैंकिङ तालिम

अर्थ राजनीति  ~  विराटनगरको भृकुटी चोकमा रहेको बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेरिल्याण्ड कलेजका विद्यार्थीलाई तीन दिने बैंकिङ तालिम प्रदान गरिएको छ। सानिमा बैंक विराटनगरको सहयोगमा कलेजका तेश्रो र चौथो वर्षमा पढिरहेका विद्यार्थीलाई  तालिम प्रदान गरिएको हो। तालिममा सहभागि विद्यार्थीहरुले बैंकसँग सम्बन्धित सम्पूर्ण कामका बारेमा जानकारी लिएको  बैंकले जनाएको छ । साथै कलेजले विद्यार्थीहरुलाई विभिन्न […]

गृहमन्त्री रामबहादुर थापासहित पाँच सांसदको पद खोसिँदै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो […]

नेपालमा कोरोनाको दोस्रो लहरको प्रवेश हुदै

अर्थ राजनीति  ~  कोरोना महामारीको दोस्रो लहर भयावह बनिरहेको भारतबाट स्वदेश फर्किने नेपालीको संख्या बढ्दा संक्रमणको जोखिम उच्च भएको छ। खुला सीमाका कारण निर्बाध आवतजावत भइरहँदा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतबाट रोजगारी गरेर फर्किएका व्यक्तिमा दैनिक कोरोना संक्रमण पुष्टि हुन थालेको छ। कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा […]

कतारमा कोरोना संक्रमणबाट थप तीन नेपालीको मृत्यु

अर्थ राजनीति  ~  कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कतारमा कोरोना भाइरस संक्रमणबाट थप तीन नेपालीको मृत्यु भएको बताए । उनिहरुको उमेर ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ । विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरसका […]

माधव नेपाल पक्षमा लागेका अनेरास्ववियुका तीन नेता बर्खास्त

अर्थ राजनीति  ~   नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ। दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन्। महरले मंगलबार विज्ञप्ति जारी गरी तीन जनालाई निष्कासन गरिएको प्रष्ट पारेका छन्। केही दिनअघि […]

ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकको ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र चैत २३ गते बाँडफाँट भएको छ। बैंकले १० वर्षे अवधिको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ नामको ३० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो। कुल कित्तामध्य बैंकले १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरी विभिन्न संघसंस्थाहरुलाई र १२ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री […]

नेपालको कुल जनसंख्या भन्दा बढी बैंक खाता : राष्ट्र बैंक

अर्थ राजनीति  ~  पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् […]

बरु ठाकुरलाई प्रधानमन्त्री बनाउने दाउमा प्रधानमन्त्री ओली

अर्थ राजनीति   ~  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्तामा पुग्न नदिने रणनीति अख्तियार गरेका छन् । बरु जनता समाजबादी पार्टी नेपाललाई सरकारको नेतृत्व सुम्पने योजना प्रधानमन्त्री ओलीको रहेको छ ।सरकारबाट आफु हटनै परेको खण्डमा जसपाका नेता महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर अगाडि बढने भित्रि […]