प्रतिनिधि सभाको बैठक आज

Machchapuchchre

अर्थ राजनीति  ~  आज प्रतिनिधि सभाको बैठक बसेको छ । संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६-७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यक्रम रहेको छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने कार्यक्रम रहेको छ । यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्