बरु ठाकुरलाई प्रधानमन्त्री बनाउने दाउमा प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति   ~  प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्तामा पुग्न नदिने रणनीति अख्तियार गरेका छन् । बरु जनता समाजबादी पार्टी नेपाललाई सरकारको नेतृत्व सुम्पने योजना प्रधानमन्त्री ओलीको रहेको छ ।सरकारबाट आफु हटनै परेको खण्डमा जसपाका नेता महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर अगाडि बढने भित्रि योजना प्रधानमन्त्री ओलीको रहेको बताइएको छ । नेकपा एमालेले जसपाको नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्ने बचन समेत दिइसकेको बुझिएको छ । यही कुरा बुझेर नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ठाकुरलाई भेटन आइतवार उनकै निवास हात्तिबन पुगेका थिए । दुई नेताको भेटघाट सकारात्मक भएपनि ठोस परिणमा निकाल्न भने सफल भएन। आइतवार सरकारलाई दिएको समर्थन फिर्ता लिन बस्न लागेको नेकपा माओवादी स्थायी समितिको बैठक नबसिकन स्थगित भयो । नेताहरु उपत्यका बाहिर रहेको बहाना गर्दै बैठक स्थगित गरियो । यो हुनुको भित्रि कारण प्रधानमन्त्री ओलीले जसपालाई सरकारको नेतृत्व लिन अनुरोध नै मुख्य कारण रहेको बताइएको छ । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन किन जाने भन्ने पक्षमा रहेको छ । यदि यस्तो भयो भने मुलुकको राजनीति फेरि उही अल्पमत–बहुमतको अंक गणितमा प्रबेश गर्ने पक्कापक्की छ ।

नेकपा माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो र अर्को सरकार गठनका लागि पनि बहुमत जुटन नसके संसद विघटन हुने अवस्था आउन सक्छ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन गर्ने गरी चुनावको मिति तोक्न सक्ने अवस्था आउन सक्छ । प्रधानमन्त्री ओलीले पटक–पटक निर्वाचन नै अहिलेको अन्तिम विकल्प हो भनिरहेका पनि छन् । पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको थिइनँ भन्ने ओलीलाई देखाउनु पनि छ । त्यो कुरा पुष्टि गर्न फेरी मध्यावधी चुनावबाट मात्र सम्भव छ । यो अनुकुल वातावरण माओवादीले सरकारलाई दिएको समर्थन झिकेपछि मात्र बन्न सक्छ । यही कारण प्रधानमन्त्री ओलीले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन बाराम्वार चुनौति दिइरहेका हुन् । यो कुरा बुझेर नै प्रचण्ड समर्थन फिर्ता लिन हिचकिचाइरहेका हुन । प्रधानमन्त्री ओलीको यो चाललाई बुझेर नै माओवादीले चाहेर पनि समर्थन झिक्न सकिरहेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्