प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया […]

खोपमा कमिसनको खेल

अर्थ राजनीति   ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेका कारण’ भारतबाट खोप ल्याउन नसकिएको बताएका छन् । यसअघि ३ अर्ब ४८ करोडमा खरीद गरिएका स्वास्थ्य सामग्रीहरूमा अनियमितता भएको समेत स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ । भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोज खरिद गर्ने समझदारी भइसकेका बेला बिचौलिया भुतप्रेतहरु जागेर १० प्रतिशत कमिशन […]

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु संगै नयाँ ८,६५९ मा संक्रमण पुष्टि

अर्थ राजनीति  ~  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ […]

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

अर्थ राजनीति  ~  नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको […]

ओलीले विश्वास गुमाउनासाथ फेरि प्रधानमन्त्री बन्न मिल्दैन : गगन थापा

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाए पनि ठूलो दलको हिसाबले तत्कालै प्रधानमन्त्रीमा पुनः नियुक्त हुन पाउने चर्चा भइरहेका बेला नेपाली कांग्रेसका नेता गगन थापाले यस्तो तर्कको खण्डन गरेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा गठबन्धन सरकारको प्रयास भएपछि बल्ल ठूलो दलको सरकार बन्ने पालो आउने सांसद थापाको तर्क […]

देउवाको टिप्पणी- संसद छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो

अर्थ राजनीति  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार साँझ एक वक्तव्य जारी गर्दै सभापति देउवाले संवैधानिक परिषद् सम्बन्धी लगायत ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको भत्सर्ना गर्ने जनाएका छन् । देउवाको विज्ञप्ति जम्मा दुई वाक्यको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसदको बजेट […]

नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुल्ला

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेडले साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । आज बैशाख २२ गतेदेखि बिक्री खुल्ला भएको ऋणपत्रको ब्याजदर वार्षिक साढे ८ प्रतिशत भएको बैंकले जनाएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो […]

आज सुनको मूल्‍य तोलामा तीन सयले घट्यो

अर्थ राजनीति  ~  सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने […]

माधव समूहको निष्कर्ष : कारबाही भोग्नुभन्दा सामूहिक राजीनामा उपयुक्त

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीभित्रै अलग सांगठनिक संरचना बनाउँदा पनि चासो नदेखाएका ओलीले विश्वासको मत लिने अग्रसरता देखाएपछि नेपाल समूहका नेताहरू छुट्टा–छुट्टै र सामूहिक छलफलमा जुटेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल कोरोना […]

माओवादीले फिर्ता लियो सरकारको समर्थन

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ  योगीलाई पत्र बुझाएका छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ […]