खोपमा कमिसनको खेल

Machchapuchchre

अर्थ राजनीति   ~  स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेका कारण’ भारतबाट खोप ल्याउन नसकिएको बताएका छन् । यसअघि ३ अर्ब ४८ करोडमा खरीद गरिएका स्वास्थ्य सामग्रीहरूमा अनियमितता भएको समेत स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ । भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोज खरिद गर्ने समझदारी भइसकेका बेला बिचौलिया भुतप्रेतहरु जागेर १० प्रतिशत कमिशन मागेका कारण समयमै खोप भित्रिन नसकेको मन्त्री त्रिपाठीको भनाइ छ । सिरमको पहिल्यैदेखिको लोकल एजेन्टले त्यसरी १० प्रतिशत कमिसन मागेको मन्त्री त्रिपाठीको भनाइ छ । भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्ट भनेको हुकाम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रालि हो । यो प्रालिमा विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतु सिंह वैद्यको संलग्नता देखिन्छ । यसमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको पनि संलग्नता रहेको बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्