कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु संगै नयाँ ८,६५९ मा संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति  ~  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा २ हजार ८४९, रुपन्देहीमा ६८०, बाँकेमा ५९१, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै कास्कीमा २८४, झापामा २६९, चितवनमा २१३, मोरङमा २०६, सुर्खेतमा १५४, पर्सामा १५२, धनुषामा १४७ र कैलालीमा १४५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १४५, कञ्‍चनपुरमा १४०, पाल्पा ११५, नुवाकोटमा ११२, सुनसरीमा १०७, मकवानपुरमा १०५, काभ्रेपलाञ्चोकमा ९६ र तनहुँमा ६३ जनामा कोरोना संक्रमित थपिएका छन् ।यस्तै महोत्तरी र सिन्धुलीमा ५५/५५ जना, धादिङमा ५४, बर्दियामा ४७, बारामा ४६, नवलपरासी पश्‍चिम र बैतडीमा ४४/ ४४ जना, डोटीमा ४०, नवलपरासी पूर्वमा ३९, अर्घाखाँचीमा ३८, दैलेख ३४, सिरहामा ३३, म्‍यादीमा ३०, रौतहट र गोरखामा २८/२८ जना कोरोना संक्रमित भएका छन् । यस्तै ९ वर्ष मुनिका २१३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्