ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका हुन् ।बैठकमा आगामी २७ गते प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।आफ्नै पार्टीको माधव–झलनाथ पक्षका सांसदहरुले विश्वासको मत नदिने संकेतका बीच ओलीले बोलाएको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्