ओलीले विश्वास गुमाउनासाथ फेरि प्रधानमन्त्री बन्न मिल्दैन : गगन थापा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाए पनि ठूलो दलको हिसाबले तत्कालै प्रधानमन्त्रीमा पुनः नियुक्त हुन पाउने चर्चा भइरहेका बेला नेपाली कांग्रेसका नेता गगन थापाले यस्तो तर्कको खण्डन गरेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा गठबन्धन सरकारको प्रयास भएपछि बल्ल ठूलो दलको सरकार बन्ने पालो आउने सांसद थापाको तर्क छ । प्रधानमन्त्री ओलीले बैशाख २७ मा विश्वासको मत नपाएको अवस्थामा के हुन्छ ? सांसद थापाको विश्लेषण यस्तो छ–संविधानको धारा ७६ को व्यवस्था र अस्ति सर्वोच्च अदालतले गरेको व्याख्या भनेको यो संसदबाट सरकार बन्ने सम्भावना रहेसम्म त्यो सम्भावनाको प्रयोग हुन पाउनुपर्छ भन्ने हो । त्यसैले दुई वा दुईभन्दा दलहरु मिलेर बनेको अहिलेको जुन सरकार छ, त्यसमा प्रधानमन्त्रीको विश्वासको मत गुमिसके पछाडि संसदभित्र दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउन सक्छन् कि सक्दैनन् भनेर त्यसको परीक्षण त हुनैपर्छ । त्यो हुन नसक्ने भएपछि बल्ल ठूलो दलमा जाने हो । त्यसैले विश्वासको मत गुमाइसकेपछि केपी ओली कामचलाऊ सरकारको प्रधानमन्त्री हुने हुनुभयो । त्यसपछि केही निश्चित समय दिएर राष्ट्रपतिले  यो संसदबाट दुई वा दुईभन्दा बढी दलहरूको सरकार बन्न सक्छ कि सक्दैन भनेर त्यसको परीक्षण त गर्नैपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्