सामाजिक सुरक्षा कोषले “दादागिरी शैली “अपनाएको गुनासो

अर्थ राजनीति  ~  ‘नयाँ युगको शुरूआत’ भन्दै सरकारले दुई वर्षअघि शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई लिएर अहिले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी निकै आक्रोशित छन् । खाईपाई आएको सेवा-सुविधा समेत कटौती हुने गरी कोषमा रकम लैजान खोजिएको भन्दै कर्मचारीहरूले यसको चर्को विरोध गरिरहेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले विद्यमान व्यवस्था […]

सरकारलाई उद्धार र राहतमा जुट्न देउवा र प्रचण्डको आग्रह

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक […]

थप तीन देशमा उडान खोल्ने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ । थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान […]

सर्वोच्चको आदेशपछि सरकारलाई कर उठाउन बाटो खुल्यो

अर्थ राजनीति  ~  सरकारले लकडाउन (बन्दाबन्दी)को अवधिमा पनि कर उठाउन पाउने भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि लकडाउन (बन्दाबन्दी) सकिएको ३० दिनभित्र कर उठाउन भनी दिएको अन्तरिम आदेश खारेज गरिदिएपछि सरकारलाई कर उठाउन बाटो खुलेको हो । सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा […]

सेयर कारोबारमा चलखेलको आंशका , छानबिन सुरु

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा चलखेल भएको आशंकामा ५१ वटा कम्पनीको सेयर कारोबारको छानबिन सुरु गरेको छ । बोर्डले जोखिमयुक्त संस्थाहरूको नाम सार्वजनिक गर्दै उनीहरूको कारोबारबारे विस्तृत अध्ययन सुरु गरेको हो । बोर्डले एक वर्ष अवधिमा तीन सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिसेयर […]

कोरोनाले भन्दा राजनीतिक महामारीले अत्याएको छ : सीईओ बज्राचार्य

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्य जसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् । कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा […]

नेता खनाललाई आज दिल्ली लगिँदै

अर्थ राजनीति ~  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ ।उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालको स्वास्थ्यमा सुधार नभएपछि बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको छ […]

मेलम्चीदेखि बाजुरासम्म बाढी-पहिरोको प्रकोप बढ्दो

अर्थ राजनीति  ~  यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानमा बाढी-पहिरो भौतिक र मानवीय क्षति पुर्‍याएको छ। मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि  बाजुरासम्म  बाढी-पहिरो आएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले […]

बी.एण्ड सी. लाई सम्बन्धन दिन खोज्नु ठूलो दुर्भाग्य : पूर्वउकुलपति

अर्थ राजनीति  ~  त्रिभुवन विश्वविद्यालयका पूर्वउकुलपतिहरूले झापास्थित दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालयमार्फत सम्बन्धन दिलाउन शिक्षामन्त्री र सरकार प्रमुखबाट दबाब आएको भन्दै आपत्ति जनाएका छन् । पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन कानुनको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो […]

बजार घट्दा पनि साढे १६ अर्बको सेयर किनबेच

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। हिजो १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस दिन बजारको परिसूचक नेप्से भने ३.७२ अंकले घटेको छ। सो अंकको सुधारसँगै परिसूचक ३ हजार २२ अंकमा कायम भएको छ। बैंकिङ ६, ब्यापार […]