थप तीन देशमा उडान खोल्ने सरकारको तयारी

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ । थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान अनुमति दिने देशमा कोभिड–१९को संक्रमण दर हेरर उडान गर्ने गरी मन्त्रालयले प्रस्ताव गरेको हो,” उनले भने, “जापान, मलेसिया र युनाइटेड अबर इमिरेट्समा व्यावसायिक उडान गर्ने गरी तयारी थालिएको छ ।” कतारको पनि थप गन्तव्यमा उडान खोल्ने तयारी मन्त्रालयले अघि बढाएको जनाएको छ । यसअघि सरकारले टर्की, कतार र चीनमा साप्तामा १ उडान गर्ने गरी अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोलेको भएपनि चीनमा भने उडान हुन सकेको छैन । जेठ १३ बसेको मन्त्रिपरिषद्ले जेठ १८ बाट लागू हुने गरी टर्की, कतार र चीनमा दुईतर्फी व्यावसायिक उडान खोलेको थियो । यता नेपाल–भारतमा भने एयर बबल सम्झौता अनुसार सातामा २ उडान हुँदै आएको छ । हाल टर्की, कतारमा सातामा २ उडान हुँदै आएको छ । हाल भारतमा एयर इन्डिया र नेपाल वायुसेवा निगमले एयर बबल सम्झौतामा उडान गर्दै आएको छ । टर्कीमा टर्किस एयरलायन्स, कतारमा नेपाल वायुसेवा निगम र कतार एयरवेजले सातामा दुईतर्फी नियमित उडान भर्दै आएका छन् । आन्तरिक उडान खोल्ने विषयमा भने केही औपचारिक निर्णय नभएको सचिव कोइरालाको भनाइ छ । उनका अनुसार, तराई लगायतमा जिल्लामा कोरोना संक्रमण दर कायमै रहेकाले हाल आन्तरिक उडान खुल्ला गर्ने विषयमा कुनै आन्तरिक तयारी भएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्