सरकारलाई उद्धार र राहतमा जुट्न देउवा र प्रचण्डको आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई आग्रह गरेको छ ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा र हेलम्बु, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति ध्यानाकर्षण गराउँदै कांग्रेसले प्रभावित क्षेत्रमा युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेको हो । स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको देउवाले जानकारी दिएका छन् । देशभरका सबैलाई सजग भएर बाढी पहिरोको विपत्ती सामना गर्न आग्रह गर्दै देउवाले तीन वटै तहका सरकारलाई जरुरी समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न अपील समेत गरेका छन् ।

तेस्तै , नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्