बजार घट्दा पनि साढे १६ अर्बको सेयर किनबेच

Machchapuchchre

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारमा १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। हिजो १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस दिन बजारको परिसूचक नेप्से भने ३.७२ अंकले घटेको छ। सो अंकको सुधारसँगै परिसूचक ३ हजार २२ अंकमा कायम भएको छ। बैंकिङ ६, ब्यापार ११, विकास बैंक २२२, जलविद्युत ९०, फाइनान्स ८६, निर्जीवन बीमा १, माइक्रोफाइनान्स ३९ र जीवन बीमा १० अंकले घटेका छन्। होटल तथा पर्यटन ५८, उत्पादन ७२, अन्य ९० र लगानी समूह २ अंकले बढेका छन्। यस दिन ३ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। सिइडिबी हाइड्रोपावर, खानीखोला र युनियन हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ। ओरेन्टल होटल र जलविद्युत लगानी तथा विकास कम्पनीको मूल्य ५.८ प्रतिशतले बढेको छ। छ्याङ्दी हाइड्रोपावर ७.६ तथा लिबर्टी इनर्जीको मूल्य ७ प्रतिशतले घटेको छ। त्यस्तै बरुण हाइड्रोको ६.९, श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ६.५ प्रतिशतले घटेकोछ। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोडको कारोबार हुँदा जलविद्युत लगानीको ५२ करोडको कारोबार भयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्