कोरोनाले भन्दा राजनीतिक महामारीले अत्याएको छ : सीईओ बज्राचार्य

Machchapuchchre

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्य जसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको अहिलेको अवस्थामा कर्मचारीको स्वास्थ्यप्रति उनी निकै चनाखो देखिन्छन् । कोभिड–१९ को दोस्रो लहर आएसँगै महामारी नियन्त्रण तथा रोकथामका लागि मुलुकमा निषेधाज्ञा लागु भएको पनि डेढ महिना नाघिसकेको छ । बैंक तथा वित्तीय संस्था अत्यावश्यक सेवा क्षेत्रमा पर्ने भए पनि राष्ट्र बैंकले यसको सेवा सीमित गरिदियो । अहिलेको निषेधाज्ञामा कर्मचारीहरुले सीमित समय काम गरेर बाँकी समय आराम पाए पनि बज्राचार्यले भने आरामको महसुस गर्न पाएनन् । पदीय दायित्व तथा घरपरिवारसँगै परिवारका सदस्यसरहका ३ हजार बढी कर्मचारीको स्वास्थ्यसम्बन्धी चिन्ताले उनलाई निषेधाज्ञा र फुर्सद के हो भन्ने पत्तो नै भएन । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका बज्राचार्य नेपाल राष्ट्र बैंकमा २० बर्ष बिताएर कमर्सियल बैंकको नेतृत्वमा आएका हुन् । अनुभवी साथै कुशल बैंकरका रुपमा चिनिने बज्राचार्य कर्मचारी व्यवस्थापनको मामलामा पनि उत्तिकै सफल मानिन्छन् । बज्राचार्यले कोरोना भाइरसको दोस्रो लहरको महामारीमा बैंकिङ्ग सेवा सँगसँगै कर्मचारीको स्वास्थ्यमा देखिएको चुनौतीलाई कुशलतापूर्वक सम्हालिरहेका छन् । ” नेपालमा अहिले नकारात्मकता धेरै फैलिएको छ । नकारात्मक समाचारमा धेरैको चासो देखिन्छ । तर मलाई सकारात्मक खबर सुन्न पाए हुन्थ्यो भन्ने हुन्छ । मुलुकको अवस्था देख्दा दुःख लाग्छ । बल्ल सबै कुरा ठिकठाकसँग चल्न थालेको थियो । त्यही बेला कोरोना महामारी आयो र महामारीकै बीच आयो राजनीतिक महामारी । यसले सबै क्षेत्रलाई अस्तव्यस्त बनायो । कोरोना महामारीभन्दा पनि राजनीतिक महामारीले हामीजस्ता जनतालाई अत्याएको छ । हामी मुलुक सही दिशामा अघि बढेको हेर्न चाहनेका लागि अलि खल्लो भइरहेको छ । मुलुकप्रति हाम्रो पनि योगदान छ र यसलाई निरन्तरता दिनका लागि हामीलाई स्वच्छ वातावरण दिइयोस्” वहाको भनाई छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्