ओलीको यो बोलीले टरेको थियो हुनै लागेको सहमति

अर्थ राजनीति  ~  पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाल लगायतका नेताहरूसँग भनेका थिए। कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यी विषयमा छलफल हुने

अर्थ राजनीति  ~ संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६र०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडान सम्पन्न

अर्थ राजनीति  ~   निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको छ । विमानस्थलमा उडान र अवतरण गर्न चाहिने आवश्यक उपकरण प्रविधि जडान गरेर परीक्षण समेत गरिएको छ । उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउण्ड परीक्षण समेत गरिएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो । कोभिड संक्रमणका कारण थाइ […]

आज सि‌हदरबारमा सिसिएमसी निर्देशक समितिको बैठक बस्दै

अर्थ राजनीति ~  कोरोना संक्रमण बढेपछि सिसीएमसी निर्देशक समिति बैठक डाकिएको छ । आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक डाकिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनेछन्। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुन्छन्। आजको बैठकमा कोरोना संक्रमणको वर्तमान अवस्था, नियन्त्रणको तयारी लगायतमा निर्देशन दिन सक्ने बुझिएको छ । बैठक सि‌हदरबारमा बस्नेछ ।

ओलीपक्षीय नेताको माधव नेपालसँग पालैपालो भेटघाट

अर्थ राजनीति  ~  नेकपा (एमाले) विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन् । दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव […]

पूर्वमाओवादी नेताहरुको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा

अर्थ राजनीति  ~  पूर्व माओवादी नेताहरुले आफूमाथिको कारवाहीलाई चुनौती दिँदै सांसदका रुपमा कायम रहन मागदावी सहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ । […]

क्रियाशील सदस्यताबारे समाधान खोज्न तीन नेता छलफलमा

अर्थ राजनीति  ~  नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला […]

” देशलाई समृद्धिको मार्गमा अघि बढाउने दायित्व वर्तमान पुस्ताको काँधमा ” : राष्ट्रपति

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्‍याउने बताएकी छन् । सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् । उनले […]

घट्दै फोरजीका प्रयोगकर्ता, ९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट

अर्थ राजनीति  ~  पछिल्लो समय नेपालमा  फोरजीका ग्राहक घट्न थालेका छन् । केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो ।  प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख […]

कोभिड अपडेट : सङ्क्रमण बढ्दो, प्रतिबन्धात्मक व्यवस्थाबारे के छ तयारी ?

अर्थ राजनीति  ~  नेपालमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा केही तीव्रता देखिएसँगै थप सतर्कता अपनाइनुपर्ने विज्ञहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलवारको तथ्याङ्क अनुसार गत तीन दिनमा नेपालमा दैनिक औसत ३७ सय सङ्क्रमित थपिएका छन्। उक्त सङ्ख्या अघिल्लो तीन दिनको दैनिक औसत २६ सयभन्दा निकै बढी हो। शनिवार, आइतवार र सोमवार गरी ७,९२४ सङ्क्रमित थपिएकामा […]