क्रियाशील सदस्यताबारे समाधान खोज्न तीन नेता छलफलमा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् । शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी बैठकले उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुंग्याउन म्यान्डेट दिएको छ । नेता सिटौलाले त्यो निर्णय गरेर क्रियाशील छानबिन समितिमार्फत सदस्यता इन्ट्री गराइ सूचीलाई अन्तिमरुप दिन पाँच सात दिन समय लाग्ने बताए । उच्चस्तरीय समितिले तीन वटा विषयमा निर्णय लिने छ । पहिलो – सप्तरी र बाराबाट आएको क्रियाशील सदस्यता विवादमाथि निर्णय लिनेछ । दुई–धनुषा ४ नम्बर क्षेत्र र सर्लाही २ नम्बर क्षेत्रका सन्दर्भमा अनशन र धर्ना भइरहेको छ । त्यहाँको विवाद निरूपण गर्नेछ । तीन – देशभरि लोकतान्त्रिक फोरम र राप्रपा लगायत विभिन्न पार्टीबाट आएका सदस्यहरूको समायोजन सम्बन्धी विवादलाई समाधान गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्