ओलीपक्षीय नेताको माधव नेपालसँग पालैपालो भेटघाट

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले) विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच संवाद नै हुन नसकेका बेला दोस्रो तहका नेताहरु एमाले एकताका लागि प्रयासरत छन् । दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्तावप्रति वरिष्ठ नेता माधव नेपालले स्वीकार गरेका छैनन् । कार्यदलको प्रस्तावमा सन्तुष्ट हुन नसकेका नेता नेपालले एमालेका सवै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । तर अध्यक्ष ओली पक्षले जेठ २ मा फर्कने बताएपनि व्यवहारत जेठ २ को एमाले संरचनाको बैठक बस्न सकेको छैन । ओली पक्षले जेठ २ मा फर्किसकेको भनेपनि फागुन २३ पछि गरेका निर्णय अनुसार पार्टी बैठक बोलाउँदै आएका छन् । जसप्रति माधव नेपाल समुहले असन्तुष्टि जनाउदै आएको छ । पछिल्लो पटक कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावमा अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँडबारे केही उल्लेख छैन । कार्यदल सदस्यहरुले दुई नेताको समझदारीमा शक्ति बाँडफाँड गर्न उनीहरुलाई जिम्मा छोडेको बताएका छन् । तर, त्यसका लागि ओली र नेपालबीच भेटवार्ता गर्न जरुरी हुने भएकाले उनीहरुबीच संवाद गराउने प्रयास कार्यदलका सदस्यसहितका दोस्रो तहका नेताहरुले प्रयास गरिरहेका छन् । दोस्रो तहका नेताहरुको यस्तो प्रस्तावपछि नेता नेपालले पहिला ओली पक्षका कार्यदलमा समेत रहेका सुवास नेम्वाङ र विष्णु पौडेलसँग छुट्टै छलफल गरेर मात्रै ओलीसँग छलफल गर्ने या नगर्ने निर्णय दिने बताएका थिए । सोही अनुसार नेता नेपालले नेम्वाङलाई बिहीबार आफ्नै निवासमा बोलाएर संवाद गरेका थिए भने त्यसको निरन्तरता स्वरुप शुक्रबार पौडेललाई समय दिएका हुन् । नेता नेपालसँग बिहीबार डेढ घण्टा भेटवार्ता गरेका नेम्वाङले आफ्नो प्रस्तावमा नेपाल पोजेटिभ रहेको बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्