गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडान सम्पन्न

Machchapuchchre

अर्थ राजनीति  ~   निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको छ । विमानस्थलमा उडान र अवतरण गर्न चाहिने आवश्यक उपकरण प्रविधि जडान गरेर परीक्षण समेत गरिएको छ । उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउण्ड परीक्षण समेत गरिएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिनुभयो । कोभिड संक्रमणका कारण थाइ सरकारले प्राविधिक जनशक्ति विदेश आवातजावतका लागि बन्देज लगाएका कारण परीक्षण उडानको मिति तय हुन सकेको छैन ।हालसम्म विमानस्थलको भौतिक प्रगति ९७ दशमलव ३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । विमानस्थल पूर्ण रुपमा निर्माण सम्पन्न भएपछि ठूला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने छन् । विमानस्थल सञ्चालन भएसँगै आन्तरिक यात्रुलाई सहज हुनुका साथै विदेशबाट पनि ठूलो संख्यामा पर्यटक आउने अनुमान गरिएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै भैरहवा लगायतका नजिकका पर्यटकीय स्थलहरुमा पर्यटक बढ्ने सम्भावना रहेको छ । एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानस्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको छ । कुल करार मूल्य ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २ सय २८ रूपैयाँ रहेकामा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थलको स्तरोन्नति हुँदैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्