” कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने ” : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मन्त्री बनाउन दबाव दिनेहरुको हुल भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवस कार्यक्रममा बोल्दै शनिबार अध्यक्ष दाहालले आफूलाई मन्त्री बनाउन दबाव दिनेहरुको हुल लागेको खुलाशा गरेका हुन् । उनले आफ्नो पार्टीका ४९ सांसद सबैलाई मन्त्री पद चाहिएको भन्दै आफू […]

जसपा विवाद : दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ । निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित […]

देउवाको पावर : सिंहदरबार भर्सेस कार्यदल

अर्थ राजनीति  ~  शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली काँग्रेसकै कतिपय नेताहरूले सामाजिक सञ्जालमार्फत टिप्पणी गरे– यो सरकारलाई गल्ती गर्ने छुट छैन । साढे तीन वर्षअघि प्रधानमन्त्री बन्नासाथ केपी शर्मा ओलीले गुप्तचर विभाग, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागको अधिकार आफूमा निश्रृत गरेका थिए । ओलीले पार्टीको आदेशअनुसार सरकार चलाएनन् । कोरोना महामारीका बेला […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनमा केन्द्रित

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्षनेतासहित पदाधिकारी बैठक बस्न लागेको हो । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल […]

कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट छैन : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् । जनतालाई सरकार भएको अनुभूति गराउनका […]

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

अर्थ राजनीति  ~  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच […]

सेयर बजारमा ५० ब्रोकर कम्पनीको ‘एकाधिकार’ तोडिने

अर्थ राजनीति  ~  वाणिज्य बैंकका सहायक कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियमावली तयार गर्दैछ। नियमावलीका लागि अहिले मस्यौदा तयार गर्ने काम भइरहेको छ। मस्यौदामा बैंकका सहायक कम्पनीहरूलाई पनि ब्रोकर लाइसेन्स दिने विषय समेटिने भएको हो। बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीका साथै निजी क्षेत्रबाट नयाँ ब्रोकर […]

बुद्ध एयरले पोखराबाट नेपालगञ्जको सिधा उडान शुरु गर्दै

अर्थ राजनीति  ~  पोखराबाट नेपालगञ्जका लागि सिधा उडान हुने भएको छ । बुद्ध एयरले आउँदो १७ साउनदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको छ । सुरुवातमा बुद्ध एयरले साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान गर्नेछ । अलिक समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना पनि बनाएको बुद्ध एयरले जनाएको छ […]

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अर्थारज्निती  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष ओली शुक्रबार बिहान शीलतनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झण्डै ४५ मिनेट कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच पछिल्लो राजनीतिक […]

वागमती प्रदेशमा दर्ता भएका सवारीको ब्लुबुक नवीकरण अब अनलाइनबाटै

अर्थ राजनीति  ~  वागमती प्रदेशमा दर्ता भएका सवारी साधनको वार्षिक नवीकरणका लागि यातायात व्यवस्था कार्यालय पुग्नैपर्ने झन्झट अब  हटेको छ। सरकारले अनलाइन प्रणाली सुरु गरेपछि सवारी साधनको वार्षिक कर (ब्लुबुक नवीकरण) डिजिटल माध्यमबाट गर्न पाइने भएको हो। यो सेवा हेटौंडामा शुक्रबार उद्घाटनसँगै सञ्चालनमा ल्याइएको हो। वागमती प्रदेश अन्तर्गतका ६ वटा यातायात सेवासम्बन्धी कार्यालयहरु अनलाइन भुक्तानीको […]