थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कांग्रेसको महाधिवेशन अनिश्चित भएको समयमा डा. कोइरालाको यस्तो भनाइ आएको हो । कांग्रेसमा पार्टी समायोजनका नाममा ठूलो संख्यामा गैर कांग्रेसलाई क्रियाशील वितरण गरिएको आरोप छ । जसले गर्दा विभिन्न जिल्लामा कांग्रेस क्रियाशील विवाद कायम छ । ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न’, सामाजिक सञ्जालमा डा. शेखरले लेख्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्