सहमति कार्यान्वयन गर्न सरकारलाई नेता बाँस्तोलाको आग्रह

Machchapuchchre

अर्थ राजनीति ~  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् । नवलपुरको प्रगतिनगरमा पार्टीको श्रद्धाञ्जलि सभामा बोल्दै उनले तीन बुँदे सहमतिमध्ये पार्टी मात्रै खुला भएको तर अन्य सहमतिहरु पालना नभएको  गुनासो गरे । तत्काल सहमति कार्यान्वयन गर्न उनले सरकारसँग माग पनि गरे । उनले संसदीय ब्यवस्थाको विकल्पको खोजी गर्दै सबै पार्टीका नेताहरुलाई भेट गरेको पनि बताए । ‘संसदीय ब्यवस्थाको बिकल्प खोजी गर्नुपर्ने प्रस्ताव लिएर प्रचण्ड, बाबुराम, शेरबहादुर देउवा, केपी ओलीदेखि कमल थापलाई पनि भेट्यौं,’ बाँस्तोलाले भने, ‘यो ब्यवस्थाको बारेमा जनमत संग्रह गरौं भनेका छौं ।’ जनमत संग्रहका लागि सबैतिरबाट दबाब दिनुपर्ने पनि उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्