लुम्बिनी प्रदेश : मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

Machchapuchchre

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन बस्नु अगावै उनले राजीनामा दिएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन लिएर ४१ प्रदेशसभा सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।  उनीहरूले मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन्।  प्रदेशसभा हलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने ४१ जना सांसद नै पुगिसकेका छन्। पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता बदर भएपछि माओवादी केन्द्रले उनको साथ छाडेको थियो । त्यसपछि बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । बैशाख ६ गते पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसमाथि छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन बोलाएकै दिन बिहान पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दावी गर्दै दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । दोस्रो पटक अल्पमतमा पर्दापर्दै असंवैधानिक ढंगले नियुक्त भएको भन्दै विपक्षी दलहरुले बहुमत सिद्ध गर्न वा राजीनामा दिन निरन्तर माग गर्दै आएका थिए । गत असार ३१ गते प्रदेश सभामा बजेट पास गर्न आवश्यक बहुमत नपुगेपछि मुख्यमन्त्रीकै नेतृत्वमा सत्ता पक्षले प्रदेश सभा बैठक वहिस्कार गरी अधिवेशन अन्त्य गरेर अध्यादेशबाट वजेट ल्याइएको थियो । साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्