एनआरएनएको निर्वाचनको कार्यतालिका सार्वजनिक

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) १०औं अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचनको कार्यतालिका सार्वजानिक गरिएको छ । अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको गरेको थियो। सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयको पत्र तत्काल कार्यान्वयन नगर्न नगराउन भनेपछि […]

आजदेखि काँग्रेस प्रदेश अधिवेशन सुरु, सात प्रदेशमा को-को ?

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको सातवटै प्रदेशमा अधिवेशन आज उद्घाटन हुँदैछ । काँग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन्। प्रदेश  अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । काँग्रेस  केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को […]

राप्रपा महाधिवेशनको लक्ष्य : ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

अर्थ राजनीति ~  राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र […]

कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको सुझाव

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रधानन्यायाधीश विरामी […]

एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो । एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने […]

सभापति देउवा : बुढापाकालाई अर्ति दिने होइन, लिने गर्नुस्

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच सार्वजनिक मञ्चमै जुहारी चलेको छ । मंगलबार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र प्रवक्ता शर्मासँगै उपस्थित भएका थिए । कार्यक्रममा प्रवक्ता शर्माले आफूले अघि सार्दै आएको राजनीतिक प्रस्तावको चर्चा गरे […]

चार सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  बुधबार सुनको मूल्य चार सयले घटेर तोलाको ९१ हजार पाँच सयमा कायम रहेको छ। अघिल्लो दिन सुन ९१ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ […]

तरलता अभाव : स्थानीय तहमा जाने पैसामध्ये ७५% निक्षेपमा गणना गर्न दिने

अर्थ राजनीति  ~  तरलता अभाव चुलिएर ऋण लगानी नै प्रभावित भएपछि बजारमा तरलता बृद्धि गर्न सरकारले पहल गरेको छ। अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाइने सीमा बृद्धि गर्ने भएको छ। अहिले बैंकहरुले स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउँछन्। बाँकी ५० प्रतिशत राष्ट्र बैंकको खातामा नै बस्छ। […]

राप्रपाको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो । महाधिवेनशको उद्घाटन समारोह आज दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने […]

एमालेको बागडोर अर्को पाँच वर्ष ओलीको हातमा

अर्थ राजनीति  ~  नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व, पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्दै सकिएको छ । १० मंसिरमा चितवनमा सुरु भएको महाधिवेशन १४ मंसिर (मंगलबार) सकिएको हो । मंसिर १० देखि १२ गतेका लागि तय भएको महाधिवेशन दुई दिन ढिलो गरी सकिएको हो । नेतृत्व लगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुमा सहमति […]