एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

RBB

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।

एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । यो सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । बैंकका अध्यक्ष पवन गोल्सुयान र प्रमुख कार्यकारी अधिकृत  सुनील केसीले प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अवार्ड ग्रहण गरे । उपाधिका लागि बैंकलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रूपान्तरण र उच्च संस्थागत कार्यशैलीप्रति बैंकको प्रतिवद्धताजस्ता मानकहरूले एनएमबीले यो अवार्ड जितेको हो । दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको बैंकलाई यसैकारण प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको हो ।

बैँकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ, जुन बैँकको लगातार वृद्धि भइरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबी सापटी’ मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवाहरू प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

एनएमबी बैंक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य  र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य पनि हो । बैंकको देशभरी २०१ शाखाहरू छन् ।

#NMB bank #Pawan Golayan #Sunil KC

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्