एनआरएनएको निर्वाचनको कार्यतालिका सार्वजनिक

Machchapuchchre

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) १०औं अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचनको कार्यतालिका सार्वजानिक गरिएको छ । अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको गरेको थियो। सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयको पत्र तत्काल कार्यान्वयन नगर्न नगराउन भनेपछि एनआरएनए निर्वाचन समितिले मगलबार आसन्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको हो । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी विज्ञप्तिमा हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरेको छ । “निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्न-नगराउन पनि सबैमा आग्रह गर्दछौं” जारी विज्ञप्तिमा भनिएको छ, “आसन्न निर्वाचन प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचनामार्फत गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ ।” संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आवद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्