” कृषिलाई नछोडी अन्यलाई जोडी , बैंक अगाडी बढ्दै ” : श्री अनिल कुमार उपाध्याय

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघका अध्यक्ष एबम कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय sir ,  कृषि विकास बैंक ५४ वर्ष  पारगरी  ५५ बर्समा प्रवेश गर्दै गरेको उपलक्ष्यमा बोल्दै  ” प्रत्येक शनिबार बेलुकी ८ :५० बजे प्रसारण हुने नेपाली टेलिभिजन  छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम […]

पाँचखालमा ‘स्मार्ट सिटी’: निफ्राको मुख्य लगानी

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लगानी पहलमा काभ्रेको पाँचखालमा ‘स्मार्ट सिटी’ विकास गरिने भएको छ। पाँचखाल नगरपालिकासँगको सहकार्यमा निर्माण गरिने ‘स्मार्ट सिटी’ को बजार अध्ययन गर्न निफ्राले एक कम्पनीलाई नियुक्त गरेको छ। करिब ४५ सय रोपनी क्षेत्रफलमा ‘स्मार्ट सिटी’ विकास गरिने छ। यसभित्र पूर्वाधार विकासका लागि करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने […]

एमसिसी : ” फेब्रुअरी २८ सम्म निर्णय गर्नुभएन भने अर्को कदमबारे छलफल हुन्छ “

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे नेपालको राजनीति तरंगित भइरहेका बेला एमसिसीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेख्दै फेब्रुअरी अन्तिमसम्म यसबारे निर्णय लिन भनेको छ। एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमोउद बाहले बिहीबार लेखेको पत्रमा फेब्रुअरी २८ सम्म नेपालले एमसिसी सम्झौता संसदबाट अनुमोदन नगरे […]

यो साता जलविद्युत र लगानी समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाए

अर्थ राजनीति  ~  यो साता नेप्से परिसूचक ९६ दशमलव ७६ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ७७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । साताको पहिलो दिन १०५ दशमलव ५५ अंकले बढेको नेप्से परिसूचक दोस्रो दिन […]

” समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन ” : नेता पोखरेल

अर्थ राजनीति ~   प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताए । पार्टी निकट […]

आज सरस्वती पूजा, धुमधामका साथ मनाइदै

अर्थ राजनीति ~ प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ । विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधाना गर्दै […]

वैदेशिक रोजगारीका नाममा ठगिदै नेपाली युवा

अर्थ राजनीति  ~  वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ । सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा रोजगारदाता लाई बुझाउने र कानूनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन् । रोजगारीका लागि विदेशिने युवा धेरै जसो आफ्नबाटै पीडित हुने गरेको पनि पाइएको छ । विदेश […]

संसदमा एमसीसी अघि बढाउन प्रधानमन्त्रीको अग्रसरता

अर्थ राजनीति  ~  अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउने विषयमा निर्णायक पहल गरिरहेका प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल गरेका छन् । बालुवाटारमा देउवाले कानुनमन्त्री दिलेन्द्र बडू, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालसँग छलफल गरेका हुन् । संसदमा एमसीसीका बारेमा संकल्प प्रस्ताव लानुपर्ने […]

नेप्सेको सीईओमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त

अर्थ राजनीति  ~  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ १७ को बैठकले कार्कीलाई नेप्से सीईओको जिम्मेवारी दिएको हो। सार्वजनिक प्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेका कार्की पुँजीबजारबारे राम्रो दख्खल राख्ने बताइन्छ। निजामती सेवामा उपसचिव रहिसकेका उनी यसअघि बुढीगण्डकी जलविद्युत आयोजनामा परियोजना संयोजक थिए। पदीय […]

राष्ट्र बैंकले माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । सुरपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाइले सम्पत्ति शुद्धीकरण तथा […]