वैदेशिक रोजगारीका नाममा ठगिदै नेपाली युवा

Machchapuchchre

अर्थ राजनीति  ~  वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ । सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा रोजगारदाता लाई बुझाउने र कानूनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन् । रोजगारीका लागि विदेशिने युवा धेरै जसो आफ्नबाटै पीडित हुने गरेको पनि पाइएको छ । विदेश पुग्नसम्म पाए कमाएर पठाइदिन्छ भन्ने गलत मानसिकताका कारण सयौं युवाले दुःख पाइरहेका छन् । सिप नसिकी विदेश पुगेर अलपत्र पर्ने,कानूनी प्रकृया नपुर्याई जाने र म्यानपावर कम्पनीहरुलाई कानूनविपरीत मोटो रकम तिर्ने युवाको जमात ठुलो रहेको वैदेशिक रोजगारी व्यवस्थित गर्न प्रयासरत सरोकारवालाले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्