संसदमा एमसीसी अघि बढाउन प्रधानमन्त्रीको अग्रसरता

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकी सहायता परियोजना एमसीसी अघि बढाउने विषयमा निर्णायक पहल गरिरहेका प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल गरेका छन् । बालुवाटारमा देउवाले कानुनमन्त्री दिलेन्द्र बडू, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालसँग छलफल गरेका हुन् । संसदमा एमसीसीका बारेमा संकल्प प्रस्ताव लानुपर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीको मागपछि त्यसका विषयमा उनले आन्तरिक छलफल गरेका हुन् । यस्तै  २६ गते बस्ने संसद खुलाउने विषयमा प्रतिपक्षसँग निर्णायक वार्ता गर्ने विषयमा समेत छलफल भएको प्रमुख सचेत भुसालले जानकारी दिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्