पाँचखालमा ‘स्मार्ट सिटी’: निफ्राको मुख्य लगानी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लगानी पहलमा काभ्रेको पाँचखालमा ‘स्मार्ट सिटी’ विकास गरिने भएको छ। पाँचखाल नगरपालिकासँगको सहकार्यमा निर्माण गरिने ‘स्मार्ट सिटी’ को बजार अध्ययन गर्न निफ्राले एक कम्पनीलाई नियुक्त गरेको छ। करिब ४५ सय रोपनी क्षेत्रफलमा ‘स्मार्ट सिटी’ विकास गरिने छ। यसभित्र पूर्वाधार विकासका लागि करिब साढे दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय सर्वसाधारणलाई समेटेर ‘ल्याण्ड पुलिङ मोडल’ बाट स्मार्टसिटीको पूर्वाधार विकास गरिने छ। पाँचखाल नगरपालिकाले कागजी काम र जग्गा व्यवस्थापन (स्थानीय सर्वसाधारणको) मा सघाउने छ। बाँकी सबै खर्च निफ्रा र उसले ल्याएका अन्य साझेदारले गर्ने छन्। निफ्राले रियलस्टेट व्यवसायमा विश्वकै अग्रणी संस्था ‘जेएलएल’ लाई स्मार्ट सिटीको बजार अध्ययन गर्न लगाउने छ। जेएलएललाई बजार अध्ययनको जिम्मा दिने प्रस्ताव निफ्रा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। व्यवस्थापनले जेएलएलसँग औपचारिक सम्झौता गरेर कामको जिम्मा दिने छ। जेएलएलले ८ साताभित्र बजार अध्ययन प्रतिवेदन दिने छ। जेएलएलको प्रतिवेदन आएपछि स्मार्ट सिटीको ‘विस्तृत सम्भाव्यता अध्ययन’ को काम अगाडि बढ्ने छ। निफ्राले यसमा सिंगापुरको कम्पनी ‘सुर्वाना जुरुङ’ सँग कुराकानी अगाडि बढाएको छ। यो कम्पनीले नेपालमा रहेको एक कम्पनीलाई प्राप्ति गरेर काम गरिरहेको छ। सर्वाना जुरुङ सिंगापुरको कम्पनी हो। यसले विश्वका धेरै ठाउँमा शहरी पूर्वाधारको विकास गरेको छ। यसले १०० भन्दा बढी ‘इन्डस्ट्रियल पार्क’ निर्माण गरेको छ। सिंगापुरमा मात्रै १० लाख घरको डिजाइन गरेको छ। ३० भन्दा बढी देशमा काम गरेको कम्पनीलाई भारतको हैदराबाद शहर निर्माण गर्न त्यहाँको सरकारले बोलाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्