” देउवा र प्रचण्डले एमसीसी बारे जनतासँग माफी माग्नु पर्छ ” : कमल थापा

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र लेखेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा हिजो राती लेख्दै थापाले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको पनि टिप्पणी गरेका […]

सिविफिनले तरलता समाधानकाको लागि राष्ट्र बैंकलाई दियो २३बुँदे सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले तरलता (लगानीयोग्य रकम) अभावको दीर्घकालीन समाधानका लागि राष्ट्र बैंकलाई २३बुँदे सुझाव दिएको छ । पछिल्लो ६ वर्षदेखि लगातार बैंकमा अधिक तरलता र तरलता अभावको समस्‍या देखिरहेका बेला सिविफिनले राष्ट्र बैंकलाई अध्‍ययन सहितको २३बुँदे सुझाव दिएको हो । सुझाव प्रतिवेदनमा १० वर्ष यता बैंक तथा […]

सरकारका प्रवक्ता : ” भ्रमहरु चाँडै दूर भएर एमसीसी कार्यान्वयनमा जान्छ “

अर्थ राजनीति  ~  सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चाँडै कार्यान्वयनमा जाने बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । अमेरिकाले दिएको टाइमलाइन […]

आज सुनचाँदीको मूल्यमा झिनो वृद्धि

अर्थ राजनीति ~  सुनचाँदीको कारोबार मूल्यमा तीन दिनपछि झिनो वृद्धि भएको छ। सुन तोलामा १०० र चाँदी ५ रुपैयाँ बढेको छ। सोमबारका लागि सुन प्रतितोला कारोबार मूल्य ९२ हजार ६ सय र चाँदी १२ सय ५५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ […]

काठमाडौँका विद्यार्थीलाई आजदेखि फाइजरको दोस्रो डोज सुरु

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज आजदेखि लगाउन पाउने भएका छन् । पहिलो डोज लगाएको तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाउन पाउने भएका हुन्। महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप […]

गोकुल बाँस्कोटा : ” ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ “

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले प्रचण्डको बोलीमा ठेगान नभएको सङ्केत गर्दै कटाक्ष गरेका छन् । ‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’, उनले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर […]

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी […]

प्रचण्डप्रति लक्षित गर्दै भट्टराई : ” बाहिर माओवाद, भित्र खाओवाद “

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले एमसीसी गिजोल्दै […]

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~   प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र […]

विद्यालय फागुन १ देखि खोल्न र जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ […]