विद्यालय फागुन १ देखि खोल्न र जोर-बिजोर प्रणाली हटाउन सिसीएमसीको सिफारिस

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। माघभर विद्यालय बन्द गरिएको थियो। माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए। रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्