शक्ति बाँडफाँटमा दलहरुबीच किचलो, भागबन्डा मिलाउनै सकस

अर्थ राजनीति  ~  संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन् । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र […]

मर्जर : राष्ट्र बैंकको सहुलियत पाएर बैंकको संख्या २१ मा झर्दै

अर्थ राजनीति  ~   अब मर्जरका लागि सहमति गर्ने वाणिज्य बैंक र लघुवित्तहरुले राष्ट्र बैंकले दिने सहुलियत नपाउने भएका छन्। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा, पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेहरुलाई पनि सहुलियत प्याकेज घोषणा गरेको थियो। यसअघि मर्जर सम्झौता गरेका पाँच जोर बैंकहरुले पुसअघि नै एकीकृत कारोबार गर्दैछन्। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स […]

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा […]

“म मन्त्री बन्ने लाइनमा छैन ” : महामन्त्री शर्मा

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष […]

रवि लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

अर्थ राजनीति  ~  नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछाने विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दल दर्ता गर्ने बेलादेखि नै त्याग भइसकेको नागरिकताको प्रतिलिपि प्रयोग […]

वाणिज्य बैंकहरूको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । […]

प्रधानमन्त्री र राष्ट्रपतिमा भागबन्डा गर्ने विषय प्राथमिकतामा

अर्थ राजनीति  ~   आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ । यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठनबारे […]

पूर्वराजा ज्ञानेन्द्र शाहले बढाए सक्रियता

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ । निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा. सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको […]

संसदीय दलको नेतामा ओली, नेपाल र लिङ्देन सर्वसम्मत

अर्थ राजनीति   ~   नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिनुभएको छ । एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन हुनुभएको हो । कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई […]

आफ्नै समूहकाले पत्याएनन् थापालाई

अर्थ राजनीति  ~  कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई आफ्नै समूहका सांसदले समेत मत दिएनन् । कांग्रेस संसदीय दलको बुधवार भएको निर्वाचनमा पार्टी सभापति एवं प्रधानमन्त्री समेत रहनु भएका शेर बहादुर देउवाले ६४ मत ल्याउँदा थापाको पक्षमा २५ मत मात्रै प्राप्त भयो । जवकि गगन संलग्न कांग्रेस नेता डा. शेखर कोइरालाको समूहमा नवनिर्वाचित ३२ […]