“कांग्रेस र माओवादी मिल्दा समृद्धिलाई गति दिन सकिन्छ ” : प्रचण्ड

अर्थ राजनीति  ~  मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन्। प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्।आफ्नो निर्वाचन क्षेत्र गोरखा २ अन्तर्गत जौवारीमा आज […]

घोषणापत्र र सिद्धान्तका आधारमा मतदान गर्नुहोस् : प्रमुख आयुक्त थपलिया

अर्थ राजनीति  ~  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताए । निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको […]

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने

अर्थ राजनीति  ~  लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू चितवन आउने भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए । यस्तै […]

“चुनावले व्यक्ति चुन्ने मात्र होइन, देशको भविष्य चुन्ने पनि हो” : राजेन्द्र लिङ्देन

अर्थ राजनीति ~  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव  देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । निर्वाचनले देश र […]

“ओलीले देश विखण्डन गर्नेसँग साँठगाँठ गरेका छन् ” : माधव नेपाल

अर्थ राजनीति ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।  उनले यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आलीलाई आफूले टक्कर […]

” आफ्नो भविष्य हेरेर मतदान गर्नुहोस् ” : प्रकाशमान सिंह

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।संविधानको रक्षा गर्ने र त्याग र तपस्याबाट आएका तथा प्रगतिको पथमा लैजान सक्ने उम्मेदवार हेरेर मतदान गर्न उनले आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा […]

अब मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका बिहीवारदेखि लागू गरेको छ । गत साउन २६ गते संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । उक्त निर्देशिकाका सम्बन्धमा सरोकारवालाहरूबाट थप राय सुझाब संकलन गरी तीन महिनापछि निर्देशिका लागू गरेको हो ।यो […]

“निर्वाचन आचारसंहिताको अवज्ञा भए सह्य हुँदैन ” : प्रमुख आयुक्त थपलिया

अर्थ राजनीति  ~  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगले बुधबार युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र […]

राष्ट्र बैङ्कको निर्देशन पछी बैंकहरुले फिर्ता गर्न थाले ब्याज

अर्थ राजनीति  ~  नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम […]

“प्रधानमन्त्रीको उम्मेदवार हुन सांसद जित्नुछ ” : महामन्त्री थापा

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएका छन्। चुनावी घरदैलोका क्रममा थापाले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताए। थापा मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। ‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था […]