मेगा बैंकलाई नेपाल इन्भेष्टमेण्टसँगको मर्जर अनुमति

Machchapuchchre

अर्थ राजनीति  ~   मेगा बैंक नेपालको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न मेगा बैंकको १२औं वार्षिक साधारणसभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम मेगाको १०० कित्ता सेयर बराबर बैंकका सेयरधनीलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुनेगरी सेयर आदानप्रदान अनुपातमा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो । योसँगै नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ । दुवै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने बताइएको छ । साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि नाम र काम अनुसारको गरिमालाई उचो बनाउन दुवै बैंकमा रहेका असल परम्परा संस्कार, ग्राहकको सेवा, कर्मचारीको मिलान र व्यवस्थापन तथा सेयरधनीको जेथा र लाभांशमा न्यायोचित वृद्धि र निरन्तरता दिइने विश्वास व्यक्त गरे । सभाले सेयरधनीका लागि बोनस सेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्