प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई सहभागी हुन संसद सचिवालयले आह्वान गरेको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै १२ वटा राजनीतिक दलका नेताहरूलाई बोलाइएको संसद सचिवालयले जनाएको छ । प्रत्येक दलबाट एक / एक जना र ५ स्वतन्त्र सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको छ । बैठकमा सपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ र सांसदले पाउने सेवा सुविधालगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले सांसदहरूलाई जानकारी दिनेछन् । सर्वदलिय बैठक सकिएपछि प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको सपथ ग्रहण हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्