आफ्नै समूहकाले पत्याएनन् थापालाई

Machchapuchchre

अर्थ राजनीति  ~  कांग्रेस संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापालाई आफ्नै समूहका सांसदले समेत मत दिएनन् । कांग्रेस संसदीय दलको बुधवार भएको निर्वाचनमा पार्टी सभापति एवं प्रधानमन्त्री समेत रहनु भएका शेर बहादुर देउवाले ६४ मत ल्याउँदा थापाको पक्षमा २५ मत मात्रै प्राप्त भयो । जवकि गगन संलग्न कांग्रेस नेता डा. शेखर कोइरालाको समूहमा नवनिर्वाचित ३२ जना सांसद रहेका थिए । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट कांग्रेसका ८९ जना सांसद निर्वाचित भएका थिए । जसमा ५७ जना प्रत्यक्ष र ३२ जना समानुपातिकबाट निर्वाचित भएका थिए । मंगलबार संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गराउनु अघि कोइराला समूहका नेताहरुले आफूहरुसँग ३८ जना सांसद रहेका र देउवा समूहबाट केही सांसद आउने दाबी गरेका थिए । तर देउवा समूहबाट त कोही आएनन् नै गगनका पक्षमा आफ्नै समूहकाले पनि मत दिएनन् । कोइराला पक्षबाट कित्ता परिवर्तन गरेर उल्टै देउवाको पक्षमा सांसद थपिएका छन् । संसदीय दलको नेता चयनका लागि गोप्य मतदान भएकाले को कता लागे भन्ने भन्ने कुरा नेताहरुले पत्ता लगाउने कुरा भएन एक कांग्रेस नेताले भने । कांग्रेस पार्टी भित्र रुपान्तरण र पुस्तान्तरणको बहस चलिरहेका बेला फेरि उमेरमा पाका देउवा नै संसदीय दलको नेतामा निर्वाचित हुनु भएको छ भने उहाँ पार्टी सभापति पनि हुनुहुन्छ । गगनको यस पटक संसदीय दलको नेता बन्ने चाहना भने पूरा हुन पाएन । जसमा गगनलाई आफ्नै समूहकाले पनि पत्याएनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्