रास्वपा सरकारमा सहभागी हुन लागेको हो ?

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताले सोमबार दिउँसो प्रधानान्त्री शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल गरे ।  राष्ट्रपतिले सरकार गठनको लागि ७ दिनको समय दिएपछि रास्वपा छलफलका लागि बालुवाटर पुगेको हो । भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनेबारे रास्वपासँग धारणा मागे । ‘सरकार गठनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले हाम्रो धारणा सोध्नुभयो,’ ढकालले भने, ‘हाम्रो एजेन्डामा प्रतिबद्धता जनाउनुपर्ने बताएका छौँ ।’ यसअघि गत शुक्रबार रास्वपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँग पनि सरकार गठनबारे छलफल गरेका थिए । रास्वपाले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छैन । तर आफूहरूको एजेन्डामा प्रतिबद्धता जनाएमा सरकारमा सभागी हुने संकेत रास्वपाले दिएको छ ।प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि निर्वाचन आयोगले आयोजना गरेको चियापान कार्यक्रममा सभापति लामिछानले भनेका थिए, ‘सरकारमा जाने विषयमा छलफल सुरु गरेको छु । छलफल सकिएको छैन । छलफल सकिएपछि निर्णय गर्छौं ।’सरकारमा सहभागी हुन रास्वपाले आफ्नो सर्त पूरा हुनुपर्ने माग गरेको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्