रास्वपा सरकारमा सहभागी हुन लागेको हो ?

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताले सोमबार दिउँसो प्रधानान्त्री शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल गरे ।  राष्ट्रपतिले सरकार गठनको लागि ७ दिनको समय दिएपछि रास्वपा छलफलका लागि बालुवाटर पुगेको हो । भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनेबारे रास्वपासँग धारणा मागे । ‘सरकार गठनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले हाम्रो […]

देउवासँग संसदीय दलमा भिड्ने गगन थापा कि शेखर कोइराला ?

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न आज उम्मेदवारी दर्ता हुँदैछ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको नयाँ कार्यतालिका अनुसार आज उम्मेदवार बन्न चाहनेहरुले दिउँसो २ बजेदेखि ३ बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। कांग्रेस भित्र प्रधानमन्त्री बन्न धेरैजनाको दाबी रहेको छ। यो अवस्थामा संसदीय दलको नेतामा पनि […]

राष्ट्र बैंकले पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।‘विकास ऋणपत्र २०८३’ नाम दिइएको सो ऋणपत्र ४ वर्ष अवधिको रहेको छ । उक्त ऋणपत्रको बोलकबोल मंगलबार र बुधबार […]

राप्रपाका राणाले नयाँ सांसदलाई शपथ खुवाउने

अर्थ राजनीति  ~   गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ ।राप्रपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उहाँले नै अन्य सांसदहरुलाई बिहीबार शपथ गराउने हुनुभएको हो ।उमेरका हिसाबले जबरा ८० वर्षका हुनु भयो । उहाँको जन्ममिति […]

एमालेका संसदहरूको भेला आज, अध्यक्ष ओलीले प्रशिक्षण दिने

अर्थ राजनीति ~  नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी […]

एकीकृत समाजवादीद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद […]

संसद् बैठकमा हराउने सांसदलाई प्रविधिले बाँध्दै

अर्थ राजनीति  ~   सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जानेक्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले […]

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै : नयाँ सरकार गठनबारे छलफल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत […]

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

अर्थ राजनीति  ~  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा […]

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

अर्थ राजनीति ~  साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ […]