राष्ट्र बैंकले पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।‘विकास ऋणपत्र २०८३’ नाम दिइएको सो ऋणपत्र ४ वर्ष अवधिको रहेको छ । उक्त ऋणपत्रको बोलकबोल मंगलबार र बुधबार निष्कासन हुनेछ । बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । यसरी आर्जिक ब्याजमा ब्याजकर लाग्नेछैन । ५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४ अर्ब २५ करोढ रुपैयाँ प्रतिष्पर्धी र ७५ करोड रुपैयाँ अप्रतिष्पर्धी रुपमा बोलकबोल हुनेछ । विकास ऋणपत्र २ वर्षभन्दा माथि अर्थात मध्यम र दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिन्छ । यस ऋणपत्रको सावाँ भुक्तानी ६ पुस २०८३ मा भुक्तानी हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्