एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ- देउवा

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताएका छन् । नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका […]

सभामुख सापकोटालाई पूर्ण सहयोग रहन्छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहेने बताएका छन् । नयाँ सभामुख निर्वाचित मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख सापकोटालाई सभा सञ्चालनका लागि आफ्ना तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् । नवनिर्वाचित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, […]

सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाई आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ । वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ । सभामुखको हैसियतमा सापकोटालाई काम […]

सभामुख भएपछि सापकोटाले पहिलो पटक संसद बैठकको अध्यक्षता गर्दै

काठमाडौं । सभामुखमा निर्वाचित भएपछि अग्नि प्रसाद सापकोटाले आज पहिलो पटक बैठकको अध्यक्षता गर्दैछन । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा उनले अध्यक्षता गर्नेछन ।नवनिर्वाचित सभामुख सापकोटालाई विभिन्न दलका तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । संवैधानिक आयोगहरुका प्रतिवेदन समेत आजको बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा लामो […]

एमसीसी सम्झौताविरुद्ध फागुन ७ गते नेपाल बन्द, यस्ता कडा छन् संघर्षका अन्य कार्यक्रम

काठमाडौँ । केपी ओली नेतृत्वको सरकरले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ । […]

दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नाममा सहमति जुटेन

जनकपुरधाम । प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नामबारे सहमति जुट्न सकेन । स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत दलहरु नामाकरण सन्दर्भमा भने विभाजित भएका हुन् । प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान दोहोर्‍याएका छन् । सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले प्रदेशको नाम […]

कर्णालीमा प्रदेश सरकार र सरोकारवालाबीच ‘भिडियो कन्फरेन्स’ मार्फत संवाद

सुर्खेत । कर्णालीमा प्रदेश सरकार र सरोकारवालाबीच भिडियोमार्फत कुराकानी गरेर कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास समितिले आज जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरेको खाद्य उत्पादन अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेकोे विधेयक २०७५ माथि सुझाव सङ्कलन गर्न आयोजित कार्यक्रममा कणाली प्रदेश सरकारका सभामुख राजबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतमा रहेको संसद् सचिवालयबाट भिडियोमार्फत […]

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई सोमबार हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा भएको सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार […]

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हट्यो, आजै पारित गरिने

काठमाडौं । मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो । सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया काउन्सिलले २५ हजारदेखि १० लाख रुपैयाँसम्म् जरिवाना गर्ने सक्ने व्यवस्था थियो । यसको नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरेका थिए । समितिका […]

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । प्रतिनिधिसभाले आइतबार ४ महिना लामो […]